कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

शनिवार जिल्लाको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा डोटीको दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा खघाईते भएका चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटीकोे उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ ।
उक्त जिपमा सवार अन्य तीन जना पनि घाइते भएका छन् । घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६वर्षीया कविता साउद रहेका छन् ।



