अनेरास्ववियु कैलालीको १७ औँ जिल्ला अधिवेशनको उद्घाटन भएको छ
संगठनका केन्द्रीय अध्यक्ष समिक बडालले जिल्लाको मध्यवर्ती क्षेत्र सुखडमा अधिवेशनको उद्घाटन गरेका हुन।
संगठनका जिल्ला अध्यक्ष कपिल सापकोटाको सभा अध्यक्षता, केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता, केन्द्रिय सचिव तथा सुदुरपश्चिम इन्चार्ज दिकप धामी, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिका सचिव रण बहादुर चन्द, कैलाली पार्टी अध्यक्ष यज्ञराज ढुङ्गाना, सचिव ममता प्रसाद चौधरी लगायत नेताहरुको विषेश आतिथ्यता, अनेरास्ववियु सुदुरपश्चिमका अध्यक्ष मनोज राइ,उपाध्यक्ष रोहित बोगटी, कैलाली इन्चार्ज प्रमोद खड्का केन्द्रीय सदस्य यमराज जोशी लगायतका विद्यार्थी नेता र एमाले पार्टी पधाधिकारी जिल्ला कमिटि , घोडाघोडी नगर कमिटी,विद्यार्थि नेताहरुको उपस्थितीमा अधिवेशनको उद्घाटन गरिएको हो ।
अधिवेशनमा कैलाली जिल्लाका १३ वटै स्थानीयका वडादेखी प्रतिनिधीको उपस्थिती रहेको छ । नयाँ नेतृत्व चयनको सर्वसहमतीबाटै नेतृत्व छान्ने जनाइएको छ । अनेरास्ववियु कैलालीका उप संयोजक नितेश जोशीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन संगठनका उप संयोजक पुष्पराज सुबेदीले गरेका थिए ।
कैलालीमा १० वर्षपछि अनेरास्ववियुको अधिवेशनको हुन लागेको हो। उद्घाटन सत्र सकिएपछि आजै बन्दसत्र चल्ने अनेरास्ववियु कैलालीले जनाएको छ।


