
कैलाली: बिहीबार कैलाली र कञ्चनपुरमा गहुँबालीमा आगलागी भएको थियो । कैलालीको जोशीपुर गाउँपालिका ४ खर्चवाको केही र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ का २० जना किसानको गहुँबालीमा आगलागी भएको हो ।

आगलागीबाट कृषकको ठूलो क्षति भएको जनाइएको छ । खर्चवामा कृषक परशुराम चौधरीको १३ कट्ठा जमिनमा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ । स्थानीय, प्रहरी, दमकलको सहायताले आगो नियन्त्रण लिइएको थियो ।
त्यस्तै जिल्लाकै भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको भएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार दोधारा चाँदनीका १५ जना किसानका करिब ७ बिघा जमिनमा लगाइएको गहुँ आगलागीबाट नष्ट भएको थियो ।
