सुखड: अन्ततः सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको विवाद सकिएको छ । अब यहाँ नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
अन्तिममा भएको सहमति पछि सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने जनाइएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ पाँच बजे सकिँदै छ ।
प्रकाशित :- २०८१ बैशाख ६, गते बिहीबार