दार्चुला : नेपाली सेनाले दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकर खण्डको ७९ किलोमिटर सडक निर्माणकाे जिम्मा पाई काम गरिरहेको छ।

उक्त सडक नबन्दा सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङ्ग्रु, लिपुलेक, कालापानी लगायतका स्थानमा पुग्न पनि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ। सो सडक निर्माणको जिम्मा सेनाले २०७७ माघ २८ मा लिएको थियो । अहिलेसम्म ११.७२ किलोमिटर सडकको ट्र्याक खोलिएको छ।
उक्त सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४ सय २५ किलोमिटर लामो रहेको छ। जसमा अप्ठ्यारो चट्टान सहितको खण्डमा ट्र्याक खोल्ने काम सेनाले पाएको हो।
ट्र्याक खोल्ने काम सेनाले आर्थिक वर्ष २०८८/८९ भित्र सकि सक्नु पर्ने छ। अब सेनाले सो सडकको ६७.२८ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ।



