कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पतालले एक्स-रे सेवा सुरु गरेको छ । ओपिडी, ल्याब तथा फार्मेसी सेवा यस अघि नै सञ्चालन गरेको अस्पतालले सोमबारबाट एक्स-रे सेवा सञ्चालन गरेको हो ।
“एक्स-रे सेवा पहिल्यै सुरु गर्ने तयारीमा थियौ । प्राविधिक कारणले जडानमा अलि समय लाग्यो । अब एक्स-रे गर्नका लागि बिरामीले बाहिर जानु पर्ने बाध्यता हट्यो ।” पालिकाका स्वास्थ्य शाखा संयोजक मीनबहादुर धामीले भने ।
जनताको घर आँगनमै स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अस्पतालले आफ्ना सेवाहरू थप विस्तार गर्दै गएपछि आम नागरिकहरू समेत प्रभावकारी स्वास्थ्य सेवा पाइने भन्दै खुसी भएका छन् । अस्पतालले निःशुल्क औषधी वितरण सँगै सशुल्कमा समेत विशेष छुट दिँदै सेवा प्रभाव गरिरहेको छ ।
प्रकाशित :- २०८० कार्तिक २१, गते मंगलवार