घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ३ निम्दीमा सु.प.प्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५५ वर्षीय मान बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश दत्त अवस्थीले मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीकोको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको बताए ।
डिएसपी अवस्थीका अनुसार मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ७ का २५ वर्षीय भरत बहादुर बमको समेत दाहिने हात, निधार र अनुहारमा चोट लागेकोले प्रहरीको निगरानीमा घोडाघोडी अस्पताल सुखडमा उपचर भइरहेको छ । मृतकको शव परीक्षणका लागि टिकापुर अस्पतालमा राखिएको छ ।


