
धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले ८४ जना शिक्षकको सरुवा गरेको छ।

बैशाख २ गते गरेको निर्णय अनुसार उपमहानगरपालिकाले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी कुल ८४ जना शिक्षकको सरुवा गरेको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले दिएको जानकारी अनुसार प्राथमिक तहका स्थायी ४० जना, राहत २३ जना र निम्न माध्यमिक तहका ११ जना शिक्षकको सरुवा गरिएको छ।
त्यसैगरी, शिक्षा महाशाखाले माध्यमिक तहका १० जना शिक्षकको पनि सरुवा गरेको हो। धनगढीमा गत वर्ष पनि शिक्षकहरूको सरुवा गरिएको थियो। यो वर्ष पनि विषय मिलान गर्न सरुवा गरिएको शिक्षा महाशाखाले जनाएको छ।
