नेकपा एमालेले नेकपा स्थापना दिवसका अवसरमा हीरक महोत्सव बनाउने भएको छ।
पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते विशेष समारोहमा आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनका अनुसार आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ।
उनले भने, ‘समारोहमा प्रधानमन्त्रीसहित सबै पार्टीका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। माधव नेपालसहित अहिले सत्ता गठबन्धनमा सामेल सबै दलका शीर्ष नेताहरूलाई बोलाउँछौँ।’
कार्यक्रममा नेकपा एसका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई पनि आमन्त्रण गरिएको छ। आजको पत्रकार सम्मेलनमा प्रचण्ड र देउवाको नाम वक्ताको रूपमा सार्वजनिक गरे पनि अरूको गरेको छैन।
कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने तयारी रहेको पनि बताए।