
सुर्खेत : कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले आज गठबन्धनमा रहेका एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गरी २३ जना सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदकाे समर्थन चाहिन्छ ।
यसअघि माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनकाे समय दिएर दलहरूलाई आह्वान गरेका थिए ।
