डडेल्धुरा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका-४ कटालमा रहेको एक सहकारीमा चोरी भएको छ ।
परशुराम नगरपालिका-४, मा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको छ ।
शुक्रबारदेखि सहकारी बन्द रहेको कार्यालयबाट चोरी भएको आइतबार बिहान कार्यालय खोल्दा मात्रै थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको जानकारी दिएको छ ।
झ्याल फोडेर चोरी भएको जनाइएको छ। चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिरबहादुर थापाले जानकारी दिए ।