लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदबाट राजीनामा दिएका छन् ।
११ महिना अघि वैशाख १४ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा सत्ता समीकरण फेरिएपछि दलहरुले समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए ।
अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा चौधरीले राजीनामा दिएका जनाइएको छ ।
उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा आउनु र जानु स्वभाविक भएको बताउँदै प्रतिपक्षमा रहेर रचनात्मक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।