कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । यसका लागी शुक्रवार अस्पताल र स्वास्थ्य बिमा बोर्ड बिच सम्झौतामा हस्ताक्षर भएको छ ।[spacer height=”30px”]
स्वास्थ्य बिमा बोर्डको तर्फबाट कार्यकारी निर्देशक डा. मदन कुमार उपाध्याय र अस्पतालका तर्फ बाट डा. तीर्थराज ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । स्थापनाको छोटो समयमै स्तरीय सेवा प्रवाह गरेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी नेतृत्वको टोली काठमाडौँ गएको थियो ।
“स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि स्थानीयलाई सेवा लिन थप सहज हुने छ । स्वास्थ्य बिमा गराएकाहरू उपचारकै लागी अन्यत्र जानु पर्ने बाध्यता हटेको छ । यसका लागी आम गाउँवासीलाई स्वास्थ्य बिमा गराउने तर्फ पनि हामीले प्रेरित गर्नु पर्ने देखिन्छ । यसका लागी हामी सिङ्गो गाउँपालिकाको टोली, अस्पताल तथा सरोकारवालाहरू अग्रसर बन्न आवश्यक छ ।” उपाध्यक्ष गिरीले भने ।
एक पालिका एक आधारभूत अस्पताल बनाउने सरकारको नीति अनुरूप यो देशकै पहिलो आधारभूत अस्पताल हो । यसको सेवा थप प्रभावकारी र स्तरीय बनाउन प्रदेश सरकारको सहयोग पनि राम्रै मिलेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।[spacer height=”30px”]
अस्पतालबाट प्रभावकारी सेवा पाएका कारण बिरामीको चाप बढ्दो छ । बर्दगोरिया सँगै छिमेकी पालिका र जिल्लाका बिरामीहरू समेत अस्पतालमा आउने क्रम बढेको छ ।
प्रकाशित :- २०८० पुष ७, गते शनिबार