कैलालीमा भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट भन्सार छलि गरि भारतबाट ल्याइएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
भजनी नगरपालिका–५ झुटाघाट र टिकापुर नगरपालिका–७ भगवानपुरस्थित सडक किनारमा बेबारिसे अवस्थामा रहेका करिब एक लाख १० हजार बराबरका बिडी, सुर्ती, धनियाँ, केराउ लगायतका सामग्री जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित :- २०८२ मंसिर १०, बुधबार ०८:३४




