
सुदूरपश्चिम प्रदेश सभाको आज ३ बजेका लागि आह्वान गरिएको बैठक सारिएर साँझ पाँच बजेका लागि तय गरिएको छ । एक सूचना जारी गर्दै निर्धारित समयको बैठक स्थगित गरी पाँच बजे बोलाइएको जनाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेश सभाको बैठक आह्वान गरिएको थियो । प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको बैठक आज ५ बजेका लागि सारिएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि विश्वासको मत लिने अन्तिम दिन पनि हो ।
नेकपा माओवादी केन्द्र र समाजवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । एक महिनासम्म नागरिक उन्मुक्तिबाट विश्वासको मत पाउने आशामा रहेका मुख्यमन्त्री शाहले अब भने विश्वासको मत पाउने सम्भावना न्यून बन्दै गएको छ।
