कैलाली : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ। अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको जनाईएको हो ।
बिहीबार बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीले अधिवेशन कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकास्थित सुखडमा गर्ने निर्णय गरेको छ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह–संयोजक नितिश जोशीले बताएका हुन् ।
प्रकाशित :- २०८० चैत्र ३०, गते शुक्रबार