
कैलालीको धनगढीबाट तास खेलिरहेको अवस्थामा ३ जुवाडे पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिकाको वडा नम्बर ३ चौराहा स्थित ब्लु स्टार होटेलमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ६७ हजार ६ सय ५६ रुपैयाँ र ३ गड्डी तास समेत बरामद गरेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटाका ३६ वर्षीय हेमराज अवस्थी, बझाङ केदारस्युका ३३ वर्षीय केशव मल्ल र बैतडी पुर्चौडीका ३० रमेश भण्डारी रहेका छन् ।



