
कैलाली जिल्लाको लम्कीचुहा-१, मालिका टोल नजिक खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

सोमबार राती ९ बजे युवाहरूको दुई समूह बीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ । दुई समूहबीच झडप हुँदा चक्कु प्रहार भएको हो ।
चक्कु प्रहारबाट विवेक खड्का र मुकेश चौधरी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।



प्रकाशित :- २०८० चैत्र १२, गते सोमबार

