कैलालीको बर्दगोरिया गाउँपालिकाले कार्यान्वयनको चरणमा रहेका आयोजनाहरूको अनुगमन गरिएको छ । कामलाई तीव्रता दिँदै गुणस्तरीयता काम गर्न गाउँपालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।
शुक्रवार गाउँपालिकाको अनुगमन समितिले काँडा नदी तटबन्ध, बालकन्या माध्यमिक विद्यालयको निर्माणाधीन भवन सँगै अन्य योजनाको समेत अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक गणेशराज गिरीले जानकारी दिए । अनुगमनका क्रममा कार्य अवस्था सन्तोषजनक भएको र केही आयोजनाको गति तीव्र पार्न कडाइ गर्नु पर्ने देखिएको उनले बताए ।
“हामी दैनिक रूपमा अनुगमनमै हुन्छौ । यसलाई अझ व्यवस्थित गर्ने योजनामा छौ । कामको अवस्था सन्तोषजनक नै छ । समयमा काम नगर्ने समिति तथा ठेकेदारहरूलाई कारबाही गर्ने सोचाइमा छौँ तर अहिले नै त्यो अवस्था भने आइसकेको छैन ।” उनले भने ।
प्रकाशित :- २०८० चैत्र २, गते शुक्रबार