
कैलालीको धनगढीबाट नगदसहित सात जना जुवाडे पक्राउ परेका छन्।


धनगढी उपमहानगरपालिका–३ रिङरोड स्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा गजुरेल सहित सात जनालाइ शनिवार प्रहरीले पक्राउ गरेको हो। उनिहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





प्रकाशित :- २०८१ असार ९, गते आईतवार