कैलाली : केन्द्रिय राजनीतिको सत्ता समीकरण फेर बदल भएसँगै जसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारहरुले पनि झेली रहेका छन् । हाल कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट पार्टीहरूले विशेष गरी हाल सत्ता गठबन्धनमा रहेका दलहरूले समर्थन फिर्ता लिई रहेका छन् । कांग्रेस नेतृत्वका प्रदेश सरकारहरू अल्पमतमा परी रहेका छन् ।
जसबाट सुदूरपश्चिम प्रदेश पनि अछुत रहन सकेन । परिणाम स्वरूप सुदूरपश्चिम प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सरकार अल्पमतमा परिरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले गरी रहेका छन् ।
माओवादी र समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परी सकेको छ तर उनले अल्पमतमै रहेका बेला २५ गते शुक्रबार पाँचौं पटक सरकार पुनर्गठन गरे । जसका नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्री बनाउँदै सरकारको पुनर्गठन गरे । उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको बेला पार्टीले महाधिवेशनबाट अध्यक्ष चुनेका रेशम लाल चौधरीले सरकारलाई समर्थन गर्न आदेश दिएसँगै मुख्यमन्त्री शाहले तीन जनालाई मन्त्री बनाउँदै सरकार पुनर्गठन गरे । तर पार्टी स्थापनाकालमा अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठले भने सरकारमा नजान भनेको छन् । तर चौधरीले सरकारबाट हात नझिकी राम्रो काम गर्न निर्देशन दिएका छ्न् । उता पार्टी अध्यक्ष चौधरी पार्टीको अध्यक्ष हुन् नसक्ने निर्वाचन आयोगले बताई सकेको छ ।
यति खेर सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका छन् । जसमा समावेशिता नभएको भान भने भइरहेको छ । ७ सदस्यीय मन्त्रीमण्डलमा एक जना मात्रै महिला छिन । त्यति मात्रै हैन। उक्त मन्त्री मण्डलमा एक जना मात्रै कैलाली भन्दा बाहिरका जिल्लाका मन्त्री छन् । बाँकी ६ जना सबै कैलाली जिल्ला कै मात्रै छन् ।
यसरी हेर्दा न भौगालिक समानता न त लैंगिक समानता नै रहेको देखिन्छ । यो सरकार केवल सत्ता टिकाउनको लागि पुनर्गठन गरिएको हो हुन त । सत्ता टिकाउनकै लागि भएपनि एउटै जिल्ला मात्रै मन्त्री राख्नुको पर्ने वाध्यता किन ? एउटै महिला मन्त्री किन त्यही पनि राज्यमन्त्री हुन । यति खेर कांग्रेसका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट मात्र पहाडी जिल्ला बैतडीका एक्ला मन्त्री रहेका छन् प्रदेश सरकारमा । यस्तै महिलामा इन्दिरा गिरी मात्रै रहेको छिन । उनी राज्यमन्त्री हुन । तर उनी पनि भूगोलकै कुरा गर्ने हो भने कैलालीकै प्रदेश सभा सदस्य हुन् ।
नेपाली काँग्रेस संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाह स्वयम् नै कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।
एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेपछि काँग्रेस दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनले काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीसहितको संयुक्त प्रदेश सरकार बनाएका थिए । तर, प्रदेश सरकारबाट माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिर गएपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिबाट मन्त्री थप गरेका हुन् ।
मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (ख)बाट विजयी प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन् । कांग्रेसकै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट मात्र बैतडी निर्वाचन क्षेत्र नम्बर १ को (ख)बाट विजयी भएका थिए ।
मुख्यमन्त्री शाहले शुक्रवार नियुक्त गरेका नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू सबै कैलालीका हुन् । आर्थिक मामिला मन्त्री घनश्याम चौधरी निर्वाचन क्षेत्र नम्बर ३ को (क)बाट विजयी प्रदेश सभा सदस्य हुन् भने उन्मुक्तिकै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका रामेश्वर चौधरी पनि कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (ख)बाट विजयी प्रदेश सभा सदस्य हुन् ।
सोही पार्टीबाट विना विभागीय मन्त्री बनेका खुशीराम डगौरा थारू निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट विजयी प्रदेश सभा सदस्य हुन् । त्यसै गरी प्रदेश सरकारमा रहेकी एक्ली महिला मन्त्री रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री इन्दिरा गिरी कैलालीबाट नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक प्रदेश सभा सदस्य हुन्। गिरीको घर धनगढीमा छ ।