
काठमाण्डौ । वर्तमान सरकारको वागडोर सम्हाली रहेको नेकपा माओवादी केन्द्रले पनि पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ ।

बुधबार बिहान सत्ता साझेदार दलहरुबीच सहमतिमा मन्त्रालय टुङ्ग्याएसँगै अरु पार्टी जस्तै माओवादीले पनि आफ्ना पार्टीबाट सरकारमा पठाउन मन्त्री टुङ्ग्याएको छ । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बहादुर बस्नेत र रेखा शर्मालाई पुनः दोहोर्याएको छ ।
बस्ने र शर्माले पुरानै मन्त्रालय पाए पनि श्रेष्ठको भने मन्त्रालय परिवर्तन भएको छ । माओवादीले श्रेष्ठलाई परराष्ट्र मन्त्री बनाएको छ । उनी पहिले उपप्रधान तथा गृहमन्त्री थिए ।
त्यसैगरी पार्टीले उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनाएको छ ।
त्यस्तै माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि शर्मालाई पठाउने भएको छ । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा पनि बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।
