कैलालीको कैलारी गाउँपालिका-९ गदरियामा रहेको एक विद्यालयको गेटको ढोका भाँचिदा एक विद्यार्थीको मृत्यु भएको भएको छ । गदरियास्थित जनता माध्यमिक विद्यालयको गेटको ढोका भाँचिएर बिहीबार ७ वर्षीय प्रवेश रानाको मृत्यु भएको हो ।

राना जनता माविमा कक्षा १ मा अध्ययनरत थिए । ढोका भाँचिएर एक विद्यार्थी पनि घाइते छन् ।
विद्यालयको मूल गेट खोल्ने क्रममा फलामे ढोका भाँचिएर रानाको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बताए ।
प्रधानाध्यापक चौधरीका अनुसार गम्भीर घाइते भएका रानालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
कक्षा २ मा अध्ययनरत समीर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।



