
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बर्दगोरिया कलेज भवनको शिलान्यास गरेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थापना भएको कलेजको भवन शुक्रवार एक कार्यक्रममा बिच शिलान्यास गरिएको हो ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री सहित प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी समेत सहभागी थिए ।
भवन निर्माणका लागि प्रदेश सरकारले ४० लाख विनियोजन गरेको छ भने स्थानीय बर्दगोरिया गाउँपालिकाले समेत लागत साझेदारी गर्ने जनाइएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले कलेज निर्माण तथा सञ्चालनका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रकाशित :- २०८० मंसिर २९, गते शुक्रबार