
कञ्चनपुर । कञ्चनपुरको बेलौरीका एक वडाध्यक्षसहित ६ जनालाई प्रहरीले नियन्त्रमा लिएको छ ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका-९, का वडाध्यक्ष किसनसिंह रानालगायत सुबदेव राना, भङ्गी राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन्।
उनीहरूलाई बेलौरी नगरपालिका-९ कै एक स्थानीय १८ वर्षीय युवक अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि लियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
आइतवार अदालतबाट म्याद थप गरिएको छ। कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए। सोही अनुसार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
