![bardagoriya mela](https://nirvikpost.com/wp-content/uploads/2025/01/bardagoriya.jpg)
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले आजको स्थायी समिति बैठकको निर्णयमा गम्भीर असहमति दर्ज गरेका छन् । उनले आफ्नो ३४ वर्षको राजनैतिक र साङ्गठनिक जीवन समाप्त पार्ने डिजाइन अनुसार स्थायी समितिले निर्णय गरिएको बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर उनले चार प्रश्न गरेका छन् । स्थायी समिति बैठकले गरेको निर्णयले सुदूरपश्चिम प्रदेशको पार्टी भित्र देखिएको अराजकतालाई निरुत्साहित गर्ने वा प्रोत्साहित गर्ने भन्दै प्रश्न गरेका छन् ।त्यस्तै इमानदार कार्यकर्तालाई निरुत्साह गर्ने वा प्रोत्साहित गर्ने , पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहानाबाट भन्दै प्रश्न गरेका भट्टले अराजकतालाई दण्डित गर्नु पर्ने अवस्थामा झन् प्रशय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिन्छ भनेर सोधेका छन् ।
आज स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको थियो । भट्ट सुदूरपश्चिम माओवादीका शीर्ष नेता हुन् तर, उनी इन्चार्ज वा सहइञ्चार्ज कुनै जिम्मेवारी पाएनन् । त्यस्तै माघ १२ गते बहुमतले भट्टलाई संसदीय दलको नेताबाट हटाएको थियो । उक्त निर्णयलाई पनि स्थायी समिति बैठकले हस्तक्षेप नगरेपछि भट्टले असहमति प्रकट गरेका हुन् ।![](https://nirvikpost.com/vacegat/2024/02/Messenger_creation_2d972595-41cf-4bf4-8585-b100daee4f62.jpeg)
![](https://nirvikpost.com/vacegat/2024/02/Messenger_creation_2d972595-41cf-4bf4-8585-b100daee4f62.jpeg)
![CS hospital](https://nirvikpost.com/wp-content/uploads/2024/09/cs.jpg)
![Lamkichuha](https://nirvikpost.com/wp-content/uploads/2025/01/IMG-20250103-WA0000.jpg)
![janaki ga.pa.](https://nirvikpost.com/wp-content/uploads/2025/01/janaki-gaupalika.jpg)
![sugurkhal mela buking](https://nirvikpost.com/wp-content/uploads/2025/01/sugurkhal.jpg)
प्रकाशित :- २०८० फाल्गुन १६, गते बुधबार
![magi mela sugurkhal](https://nirvikpost.com/wp-content/uploads/2025/01/magi-mela.jpg)