जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिकामा फागुन १३ गते देखि २१ सम्म दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । गाउँपालिमा ४५ वटा खोप केन्द्र मार्फत १० हजार ५ सय ९३ जना बालबालिकालाई खोप दिने जनाइएको छ ।

अभियानमा ९ महिना देखि ५ वर्ष मुनिका र ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप दिन प्रति खोप केन्द्र २ स्वास्थ्यकर्मी र ३ स्वयंसेवक परिचालन गर्ने योजनामा गाउँपालिका रहेको छ । खोप अभावका कारण हुन सक्ने रोगहरूको महामारी रोक्न यो अभियान महत्त्वपूर्ण हुने तथा खोप नै बालबालिकाको सर्वोत्तम हित भएकाले यो अभियान सफल पार्न सबैले सहयोग आवश्यक हुने भन्दै सहयोगका लागि गाउँपालिकाले गाउँवासीलाई आग्रह गरेको छ ।


