
मङ्गलवार देखी बौनियामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा भोली बिहीबार लोक दोहोरी गायक अर्जुन सापकोटा आउने भएका छन् ।
‘कृषि व्यापार,संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकास निर्माणाधीन सेती लाकमार्गको निकास’ मूल नाराका साथ सुरु भएको महोत्सवको सांगितिक कार्यक्रमको दोस्रो दिन भोली गायक सापकोटा आउने आयोजकले जनकारी दिएको छ । यस्तै गायिका सिर्जना खत्री र उद्घोषितका मञ्जु पौडेलको समेत प्रस्तुति रहने प्रचार प्रसार संयोजक पदम राज ओझाले जानकारी दिए ।
महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक बौनिया बजार समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।







प्रकाशित :- २०८१ पुष १०, गते बुधबार