
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् ।


निर्वाचनमा होमिएका सोडारीले ५३ मत मात्रै प्राप्त गरे । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत हुन् । दलको नेता भन्दा बढी मत दलका सदस्य नरेश शाहीले पाएका छन् । उनी पनि नेकपा एसको खुल्ला पदका उम्मेदवार बनेका थिए । दलको नेताले ५३ मत पाएर पराजित हुँदा शाहीले उनको भन्दा १३ मत बढी पाएर पराजित भएका थिए ।
सोडारी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने शाही बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन् ।




