
कैलालीको सुखडमा हुन लागेको महोत्सवको आज उद्घाटन हुदैँछ । आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।

घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा आज ‘कृषि पर्यटन उद्योग र व्यापार समृद्ध घोडाघोडीको आधार’ मूल नाराका साथ महोत्सव विधिबद्ध रूपमा उद्घाटन हुदैँछ ।
महोत्सवको उद्घाटन घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले गर्ने आयोजकले बताएको छ।
आज देखि माघ ६ गतेसम्म घोडाघोडी-१ स्थित हेलिप्याडमा महोत्सव सञ्चालन हुदैँछ ।
महोत्सवमा साधारण प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ निर्धारण गरिएको छ । उद्घाटनका दिन भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

