
न्युज२४ टेलिभिजनको आयोजनामा बिहीबार कैलालीको धनगढीमा सिधा कुरा मुख्यमन्त्री सँग कार्यक्रम हुने भएको छ । प्रदेश सरकारलाई थप जिम्मेवार र उत्तरदायी बनाउन सरकारको समीक्षा र जनताका प्रश्न सहितको कार्यक्रम आयोजना गरिएको न्युज २४ टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख सुशील ढुङ्गानाले जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई सहभागीहरूले समेत प्रश्न, जिज्ञासा राख्ने छन् । मुख्यमन्त्री शाह सहित प्रमुख प्रतिपक्ष दल र विश्लेषक समेत मञ्चमा रहनेछन् । बिहीबार हुने कार्यक्रमका लागी टेलिभिजनको केन्द्रीय टोली सुदूरपश्चिम पुगिसकेको छ ।
धनगढीको रुवस होटेलमा बिहान १० बजे सुरु हुने कार्यक्रम न्युज२४ टेलिभिजन, टेलिभिजनको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । प्रदेश सरकारलाई प्रश्न, जिज्ञासा र सुझाव सहित सहभागिताका लागी आम नागरिकहरूलाई आग्रह गरिएको छ ।


प्रकाशित :- २०८० माघ १७, गते बुधबार