
जेसिज वर्ष २०२४ को लोम लिडर्स एकेडेमी कार्यक्रममा घोडाघोडी जेसिजले तिन महिनाको कार्य सम्पादनमा शत प्रतिशत प्रप्ताङ्ग ल्याएको छ।

चितवनमा सम्पन्न जेसिज वर्ष २०२४ को लोम लिडर्स एकेडेमी कार्यक्रममा जेसिज को देशभरिका शाखाहरू को ३ महिने कार्य सम्पादनको आधारमा घोडाघोडी जेसिजले एक सय प्रतिशत प्रप्ताङ्ग प्राप्त गरेको हो ।
कार्यक्रममा जेसिज वर्ष २०२४ का केन्द्रीय अध्यक्ष उपाध्यक्ष र महासचिवको उपस्थिति रहेको थियो।
२०२१ मा स्थापनाको अनुमति पाएको घोडाघोडी जेसिजको संस्थापक अध्यक्ष लाल बहादुर शाह र वर्ष २३ का अध्यक्ष भरत भट्टराई रहेका थिए।
कार्य सम्पादनको उक्त अवार्ड प्राप्त गरेपछि वर्ष २४ का अध्यक्ष दीपक बहादुर चन्दले घोडाघोडी जेसिजका पुर्व अध्यक्ष र टिमको मिहिनेत र अहिलेको आफ्नो सम्पूर्ण टिमको लगनशीलताले अवार्ड प्राप्त भएको बताउँदै यसपछि पनि उत्कृष्ट काम गर्ने बताएका छन्।
