
कैलालीको घोडाघोडी नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीको स्वागत गरिएको छ । उनको बुधवार नगर प्रमुख खडकबहादुर रावत, उप-प्रमुख गुलिया कुमारी चौधरी लगायत नगर सरकारका प्रतिनिधि र कर्मचारीहरूले स्वागत गरे ।
उनी कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट सरुवा भई कैलालीको घोडाघोडी नगरपालिका आएका हुन । घोडाघोडीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीको दैलेखको आठबिस नगरपालिका सरुवा भएको छ ।


प्रकाशित :- २०८० पुष १८, गते बुधबार