कैलालीको धनगढीबाट प्रहरीले २६ लाख बढी मुल्य बराबरकोे सामान जफत गरेको छ ।
बिहीवार अबैध सामान सहित कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारत बाट नेपाल तर्फ आउदै गरेको ना ५ख ४७३२ नम्बरको बसलाई चेकजाँच गर्दा २६ लाख ६६ हजार मुल्य बराबरको सामान फेला परेको हो । विहिबार करिब ९ बजे प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट मोटरसाइकलमा गएको गस्ती टोलीले अबैध सामान र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोवाइल पार्ट, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको बस छोडिएको छ भने सामान र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय चलान गरिएको जिला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।