कैलाली जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलीका अवैध सामानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यलयबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएका २ लाख ८० हजार ३८ मूल्य बराबरको सामान फेला पारेको हो ।
धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चोक, बैयाबेहडी र त्रिवेणीघाटबाट अन्दाजी २ लाख १८ हजार ७ सय १८ मूल्यको सामान फेला पार्दा भजनी नगरपालिका ठेकीपुल र हिक्मतपुरबाट अन्दाजी ३२ हजार ८ सय २० मूल्य बराबरको सामान फेला पारेको बताएको छ ।
त्यस्तै जिल्लाकै गोदावरी नगरपालिका १ अत्तरियाबाट अन्दाजी २८ हजार ५ सय मूल्य बराबरका कपडाहरू फेला पारि नियन्त्रणमा लिएको जनाएको छ ।
पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।