एसओएस बालग्राम धनगढीले सञ्चालन गर्दै आएको परिवार सबलीकरण कार्यक्रम अब सानो संसार कैलालीले सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम शुक्रवार एक कार्यक्रमका बिच सानो संसार नामक गैरसरकारी संस्थालाई हस्तान्तरण गरिएको हो ।
यस अघि बालग्रामले कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो । एसओएस बालग्रामले परिवार गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाको हितमा काम गर्दै आएको थियो । तर यसको कार्य अवधि सकिएपछि ‘सानो संसार कैलाली’ लाई कार्यक्रम हस्तान्तरण गरिएको हो ।
एसओएस बालग्राम धनगढीले विगत ८ वर्ष अर्थात् सन् २०१६ देखि घोडाघोडी नगरपालिका–८ जरहीमा रहेका लक्षित समूहका बालबालिकालाई शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग गर्दे आएको थियो ।
प्रकाशित :- २०८० पुष ७, गते शनिबार