
कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा आईतबार बिहान पशु पंक्षिको बलि दिइएको छ । लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा कुखुरा, बोका र सुँगुरको बलि दिइएको हो । ६ सय ८० कुखुरा, ४८ बोका र २ सुँगुर गरी जम्मा ७ सय ३० पशु पंक्षिको बलि दिइएको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्य समितिका संयोजक बुधराम चौधरीले जानकारी दिए ।
विगतमा थारु समुदायले मात्र बली दिँदै आएकोमा पछिल्लो समय गैर थारुहरूले समेत मन्दिरमा बली दिने गरेको भलमन्सा चौधरीले बताए । घोडाघोडी मन्दिरमा बलि दिने परम्परा परापुर्वकाल देखी चल्दै आएको र वर्षमा एक पटक बलि नचढाए दैविक शक्तिले ठुलो मानवीय क्षेत्री गर्ने, सङ्कट आई पर्ने तथा मानिसको बलि समेत खाने गरेको मन्दिरका गुरुवाहरु भनाई छ । समुदायको यस्तो सहकार्यले आपसी भाइचाराको सम्बन्ध कायम हुने तथा सामाजिक सद्भाव समेत मजबुत हुँदै गएको थारु समुदायका अगुवाहरू बत्ताउँछन् ।
“भाषा,धर्म,कला,संस्कृति के करी सम्मान, घोरीघोरा मन्दिर थारुन के दउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० लागेको थियो । घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा आगामी मसिंर २९ गते देखी पुस १ गते सम्म घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव संचालन भएको थियो ।
लवाङ्गी पूजाको अवसर पारी घोडाघोडी मन्दिरमा हरेक वर्ष बलि चढाउने गरिन्छ । थारु समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा (घोडाघोडी) मन्दिर भन्ने गर्दछन् । थारु समुदायहरूले घोडाघोडी मन्दिरलाई कुल देउताको रुपमा वर्ष भरी गरेका खेती र जीवन रक्षा लागि थारु समुदायले थारु रीतिरिवाज अनुसार पूजा तथा बलि चढाएपछि नयाँ अन्न भित्र्याएर खाने चलन छ । घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाउने गरिन्छ । कैलालीका ८२ गाउँ सहित कञ्चनपुर, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।



