कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ५१ औँ वार्षिक उत्सव मनाउनुको साथै सामाजिक परीक्षण सार्वजनिक गरेको छ । विद्यालयले शुक्रवार विविध कार्यक्रम गरी वार्षिकोत्सव तथा सामाजिक परीक्षण सार्वजनिक गरेको हो ।
कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक राम प्रसाद गौतमले आर्थिक वर्ष २०७९÷२०८० को ५९ करोड ५९ लाख १ हजार २ सय ४२ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद लगायतका प्रतियोगितात्मक क्रियाकलापहरू सञ्चालन गरेकोमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरेको छ ।
कार्यक्रम सँगै विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गर्ने भनिए पनि बिभित कारणले इस्तगित भएको र आगामी पुष ७ गते शनिवार नयाँ व्यवस्थापन समिति गठन हुने विधालयले बताइएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । कार्यक्रममा विद्यार्थी,अभिभावक लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विधालयका शिक्षक दिपक राज गौतमले गरेका थिए।