

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यको कार्यकक्षमा लगाइएको ताला खुलेको छैन । आचार्यले मनोमानी गरेको तथा सेवाग्राहीको काम नगरेको भन्दै गत भदौ २१ गते नेकपा माओवादी केन्द्र समर्थक वाइ.सी.एल.का नेता कार्यकर्ताहरुले उनको कार्यकक्षमा ताला लगाएका थिए ।

ताला लगाएको २ साता पुग्न लाग्दा समेत खुलेको छैन । एक साता बाहिर रहेका आचार्य अहिले घोडाघोडी मै छन् । ढोकामा लगाइएको तालाका कारण उनी कार्यकक्षमा प्रवेश पाएका छैनन् । यद्धपी मङ्गलवार ताला खोल्ने विषयमा सर्वपक्षीय, सर्वदलीय छलफल चाहिरहेको छ । कसैले उनले आफ्ना गतिविधि सुधार गर्ने सर्तमा ताला खोलेर कामकाज सहज बनाउनु पर्ने बताइरहेका छन् भने कसैले अब घोडाघोडीमा कामकाज गर्न नदिई विकल्प खोज्नु पर्ने र यसका लागी जनस्तरबाट दबाब सृजना गर्नु पर्ने तर्क गरिरहेका छन् ।
