
कैलाली : नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जना पदाधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।


क्यानको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसहित केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ ।
विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरी विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघको निर्णय विपरित हुँदै नभएको आधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरेको भन्दै क्यानले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।




