


उद्धार गरिएका तीनजनाको पाटनमा उपचार चल्द
ललितपुरको नख्खु खोलाले बगाएर बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार भएको छ। ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका थिए।

त्यसमध्ये तीनजनाको उद्धार गरेर अहिले पाटन अस्पतालमा उपचारका लागि पुर्याइएको ललितपुरका एसएसपी शेखर खनालले बताएका छन्। एसएसपी खनालका अनुसार, बेपत्ता भएका ४ मध्ये १ जना अझै बेपत्ता छन्।

बाढीमा फसेका उनीहरूले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए।

उद्धार हुन नपाउँदै उनीहरूलाई बाढीले बगाएको थियो।

