

नेकपा एकीकृत समाजवादी अछामका उप सचिव डबल सिं चलाउने नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले अछामको तुर्माखादमा सम्पन्न १२ औ बैठकमा एमाले केन्द्रीय सचिव तथा सुदुरपश्यिम प्रदेश कमिटी इन्चार्ज छविलाल विश्वकर्माले चलाउनेलाई पार्टीमा स्वागत गरेका हुन। पार्टी प्रवेश गर्दै नेता चलाउनेले नेकपा एकीकृत समाजवादी पार्टी सँग एमालेको भन्दा कुनै पनि फरक नीति र विचार आफूले नपाएको र पार्टी भित्र अवसरवादी व्यक्तिहरूको बाहुल्यता रहेकोले आफू आफ्नो मूल पार्टी नेकपा एमालेलेमा फर्किएको बताए ।
आफ्नो २५ वर्ष देखिको लगानी नेकपा एमालेमा रहेको र एमाले सँग मात्रै यो मूलक निर्माण गर्ने स्पष्ट नीति बिचार र योजना रहेकाले अब आफ्नो बाँकी जीवन एमाले निर्माणमा खर्चिने प्रतिबद्धता समेत चलाउनेले गरेका छन् ।
समाजवादीले एमाले पार्टी बाट चोइटिनुको कारण समेत प्रस्ट पार्न नसकेको उनको भनाइ छ । आफू मात्रै नभई तुर्माखाद गाउँ कमिटीमा एकीकृत समाजवादीमा आबद्ध अधिकांश नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गराउने नेता चलाउनेको दाबी छ । सोही अवसरमा नेपाली काँग्रेस परित्याग गरी नेपाली काँग्रेसका नेता श्याम प्रसाद न्यौपाने लगायतका नेताहरू पनि नेकपा एमालेमा प्रवेश गरेका छन्।
