
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वीर बहादुर थापा निर्वाचित भएका छन् ।


अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को दोस्रो प्रदेश सम्मेलनबाट अध्यक्ष पदमा थापा विजयी भएका हुन् । पहिलो चरणमा सहमतिबाट नेतृत्व चयन गर्ने कुरामा सहमति नभएपछि अन्तिममा आएर निर्वाचन भएको थियो ।
निर्वाचनमा थापा र विरेन्द्रराज विष्ट होमिएका थिए । तर, अन्तिममा थापाले १ सय ३१ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी बिष्टले १ सय १५ मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि अध्यक्ष थापाले सङ्गठनलाई एक ढिक्का बनाएर लैजाने दावी गरेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट उपाध्यक्षमा कैलाशचन्द्र गिरी, तिलक माल, जीवन बीसी, साजेन्द्र कोली र लक्ष्मी चौधरी निर्वाचित भएका हुँदा प्रमुख सचिवमा देवीजङ्ग सिंह विजयी भएका छन् ।

त्यसै गरी सचिवमा कमल थापा, मनोज पुन, रोहित जोशी र प्रकाश आचार्य निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने सुन्दर गौतम यस अघि नै निर्विरोध चयन भएका थिए ।

