
कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने निःशुल्क आँखा चेकजाँच तथा उपचार शिविर सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ५ को आयोजना तथा श्रीकृष्ण आँखा अस्पताल टिकापुरको सहकार्य कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमबाट वडा तथा पालिकाभरिका ३ सय २५ जना लाभान्वित भएका छन् । सेवा लिएका मध्ये आँखामा सामान्य समस्या भएका ७७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । यस्तै मोतीबिन्दुको समस्या देखिएका ४७ जनाको श्रीकृष्ण आँखा अस्पताल टिकापुरमा निःशुल्क अप्रेसन हुने वडा अध्यक्ष भोलेराम दहितले बताए ।
“स्वास्थ्य क्षेत्रमा जनताका कयौँ समस्याहरू छन् । उनीहरूलाई सरकार भएको अनुभूति दिलाउन र सहज रूपमा स्वास्थ्य समस्या निराकरण गर्न हामीले आँखा शिविरको आयोजना गरेका हौ । जनतालाई प्रत्यक्ष फाइदा पुग्ने यस्ता कार्यक्रम कामहरूलाई हामी निरन्तरता दिनेछौ ।” उनले भने ।


प्रकाशित :- २०८० आश्विन २६, गते शुक्रबार