डोल्पा : आइतबारदेखि डोल्पाकाे सदरमुकाम दुनै नजिक रहेकाे ठूलीभेरी नगरपालिका ३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा १६ जना नेपाली सेना घाइते भएका छन् । घाइते १६ सैनिक मध्ये ४ जनागम्भिर घाइते भएका छन् ।भने १२ जना सामान्य घाईते भएका जनाइएको छ।
आइतबार लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा नआएपछि डोल्पाकै देविदत्त गुल्म भदालेचौर दुनैमा रहेका सैनिकहरु आगो नियन्त्रणमा खटिएका थिए । तर हावाहुरीले स्थित भयावह बन्दा उनीहरुलाई समेत आगोले पोलेको हो ।
गम्भीर घाइते हुनेहरुमा ३० वर्षीया प्युठ विजय कोईराला , वर्ष ३८ का जमदार केसर बहादुर जर्दा मगर , २३ वर्षका सिपाही अशिस बुढा र २८ वर्षीया सिपाही हेमन्त रावत रहेका जनाइएको छ । उनीहरुको उद्धार गरी जिल्ला अस्पताल दुनैमा उपचारका लागि लगिएको अवस्था गम्भिर भएका कारण थप उपचारका लागि नेपालगञ्ज लगिएको बताइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
उता आगलागी भने अझै नियन्त्रणमा आउन सकेको छैन । सेनाको ब्यारेक क्षेत्रको फोहोर जलाउने क्रममा आगो जङ्गलमा सल्किएको बताइएको छ ।