
कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरूले शुक्रवार देखी पेन डाउन गरेका छन् । सङ्घीय निजामती विधेयकका विरुद्ध देशभरका कर्मचारी जस्तै उनीहरू पनि अत्यावश्यक बाहेकका कार्यालयको काम रोकेर पेन डाउन अर्थात् आन्दोलनमा छन् ।
सङ्घीय कर्मचारी सेवा ऐनले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उनीहरूले केन्द्रीय सर्कुलर अनुसार सबै तहका कर्मचारीहरूको अधिकार समान हुनु पर्ने माग राख्दै पेन डाउन गरेका हुन ।
सबैलाई समान हुने गरी एकीकृत निजामती सेवा ऐन जारी गर्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेट्नु पर्ने, तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
केन्द्रीय सर्कुलर अनुसार आफूहरूले पेन डाउन गरेको भन्दै घोडाघोडी नगरपालिकाका उप–सचिव खगेन्द्रबहादुर सिंहले आफ्ना मागहरू सम्बोधन नहुँदा सम्म अत्यावश्यक बाहेकका सेवाहरू थप्प पार्ने जानकारी दिएका छन् ।






प्रकाशित :- २०८० आश्विन १९, गते शुक्रबार