कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको लडाइँको मिचाइमा कर्मचारी परेका छन् । लामो समय देखी सृजित केन्द्र विवादको र अहिले चुलिएको बजेट पासको विवाद मुद्दा यति बेला विशेष अदालत सम्म त पुगेको छ नै अहिले त्यो मुद्दाले कर्मचारीलाई समेत हतोत्साहित बनाएको छ ।
पालिकाका सबै विषय ओझेल पारी विवादलाई उत्सर्गमा पु¥याएका जनप्रतिनिधिहरूका कारण करार कर्मचारी तनावमा परेका छन् । करार कर्मचारीको म्याद थप गर्नका लागी भन्दै पालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले ३ पटक सम्म बोलाएको कार्यपालिका बैठकमा काँग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू उपस्थित नभए पछि करार कर्मचारीलाई कामबाट रोक्नु परेको अध्यक्ष उपाध्याय बत्ताउँछन् ।
“करारहरूको म्याद थप गर्नकै लागी असोज १४, १७ र १९ गरी ३ पटक सम्म कार्यपालिका बैठक बोलाए तर उपाध्यक्ष लगायत एमाले र काँग्रेसका वडा अध्यक्षहरू समेत बैठकमा आएनन् । म्याद थप गर्नका लागी साथीहरू बैठकमा आउँदैनन् । म्याद थप नगरीकन तलब पनि खुवाउन सकिँदैन । अनि किन काम गराउनु । त्यसैले अर्को बैठकले निर्णय नगरुन्जेल सम्म करार कर्मचारीलाई हाजिर नहुनु भनिएको हो ।” अध्यक्ष उपाध्यायले भने ।
यता पालिकाका उपाध्यक्ष कमल साउँद भने १४ गतेको बैठकमा दिपायल भएकाले सहभागी हुन नसकेको भन्दै त्यस पछिका कार्यपालिका बैठकका विषयमा अध्यक्षले कुनै जानकारी नदिएको दाबी गर्छन् । बैठकका बारेमा कुनै समन्वय भएको छैन । उनले भने,… “जानकारी नभएको बैठकमा हामी कसरी जाने ? अनि अर्को कुरा मुद्दा अदालतमा विचाराधीन अवस्थामा हुँदाहुँदै अहिले नै महत्त्वपूर्ण निर्णय किन गर्नु प¥यो । मुद्दा किनारा लागे पछि गरे भैगो त ।”
उनले १२ औँ गाउँ सभामा आफूले बजेट समेत प्रस्तुत नगरेको दाबी गरेका छन् । “प्रस्तावको पहिलो नम्बरमा रहेको केन्द्र तोक्ने विषय दुई तिहाइले पास भयो । अरू प्रस्तावमा प्रवेश गर्न नपाउँदै एक्कासि ढुङ्गा मुढा प्रहार भए पछि मैले सभामा बजेट नै प्रस्तुत गर्न पाएको छैन । अनि अहिले बजेट पास भयो भन्ने अध्यक्ष ज्युको यो कस्तो हास्यास्पद कुरा क्या ।” उनले भने ।
मोहन्यालको विकासका लागी एउटै गठबन्धनबाट निर्वाचित बनेकाहरू दुई ध्रुवमा विभाजित भएर जुँगाको लडाइ लडिरहेका छन् । एक पक्ष मोहन्यालको विवाद अदालत पुग्यो भन्दै खुसी साट्दै छ भने अर्को पक्ष पालिकाको केन्द्र खिमडीमै हुने भन्दै खुसी बन्दै छ ।
प्रकाशित :- २०८० आश्विन १९, गते शुक्रबार