
सुखड : कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ ।


नगर प्रमुख सुशीला कुमारी शाहीको अध्यक्षतामा मंगलबार बसेको नगर सभाको १३ औँ अधिवेशनमा नगर उपप्रमुख जुना कुमारी चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख चौधरीले चालूतर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगततर्फ ४० करोड २६ लाख ४० हजार गरी कुल १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

लम्कीचुहा नगरपालिकाको बजेट १५ दिन ढिला गरि आएको हो । कानुनी प्रावधान अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइ सक्नुपर्ने व्यवस्था छ । तर, नगर प्रमुख शाही बजेट ल्याउने बेला वैदेशिक भ्रमणको क्रममा डेनमार्क गएपछि बजेट ल्याउन सकिएको थिएन ।

नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित भएको थियो । तर बजेट आउन नसकेपछि नगरप्रमुख शाहीको आलोचना भएको थियो । नगरपालिकाको बजेट कार्यक्रम भन्दा उनको प्राथमिकतामा भ्रमण परेको भन्दै शाहीले आलोचना खेप्नु परेको थियो ।


