
नेकपा माओवादी केन्द्रले घोडाघोडी नगरपालिकाको चर्को रोयल्टीको विरोध गतेको छ । नदीजन्य पदार्थको राजस्व गत आर्थिक वर्ष २०७९/०८० भन्दा चालू आर्थिक वर्ष २०८०/०८१ मा दोब्बरले वृद्धि भएको विरोधमा मङ्गलवार नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
घुमाउरो पारामा चर्को शुल्कको मारमा जनता नै पर्ने भएकाले नगर सरकारले जनताको समस्या प्रति जिम्मेवार बन्न अनुरोध गरिएको छ । “स्थानीय सरकारबाट नागरिकले सुलभ सेवाको प्रत्याभूत गर्न पाउनु पर्छ । तर नगर सरकारले यो मूल्य र मान्यता विपरीत यसरी चर्को कर असुल्ने धन्दामा छ । जनतालाई कर थुपार्ने कुरा हाम्रो पार्टीलाई मान्य छैन । यथाशीघ्र चर्को कर हटाउन सम्बन्धित निकायसँग माग गर्दछौ ।” माओवादी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालद्वारा हस्ताक्षरित विज्ञप्ति भनिएको छ ।

नगर सरकारले शुल्क नघटाए आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्दै माओवादीले आम नगरवासीलाई समर्थनका लागि अनुरोध समेत गरिएको छ । गत वर्ष प्रति ट्रली ६ सय राजस्व बुझाएकाहरूले यस वर्ष प्रति ट्रली १ हजार २ सय बुझाएका छन् ।


प्रकाशित :- २०८० आश्विन १६, गते मंगलवार