
बझाङमा गाँजो अर्थात् खर काट्न गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ की ४५ वर्षीय गौमती देवी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शनिवार बिहान गाँजो काट्न घरबाट निस्केकी उनी बिहान ६ बजे नै भीरबाट लडेकी थिइन । भीरबाट करिब ३ सय मिटर तल खसेकी उनको घटना स्थलमै ज्यान गएको बझाङ प्रहरीले जनाएको छ । शव पोस्टमार्टम काम चलिरहेको र घटनाको थप अनुसन्धान समेत भइरहेको बुझिएको छ ।

प्रकाशित :- २०८० आश्विन १३, गते शनिबार